समाचार
संझिप्त परिचय
पञ्चेश्वर गाउँपालिकाको संझिप्त परिचय
पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ । जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ । यस गाउँपालिकामा विद्युतिकरण समेत हुन नसकेकाले सौर्य उर्जा (सोलार) को भरमा उज्यालो बाल्न विवस छन । हाल गाउँपालिकाले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखि अघि बढेको छ । यस गाउँपालिकाले कुलाउहुदै पञ्चेश्वर जाने सडकबाट साविकको आम्चौरा गाविस तथा हालको गाउँपालिका भवन सम्म सडक सञ्जाल पुर्याएको छ । जसले गर्दा २ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने आवत जावतमा सहज भएको छ । अझै सडक विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिका अघि बढेको छ । हाललाई भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीमा झोलुगें पुल निर्माण गर्नु आवश्यक देखिन्छ । यस गाउँपालिकामा व्यापारिक हिसाबले भारतको लोहाघाँट तथा पिथौरागढ बजार मुख्य आवतजावतको रुपमा लिइन्छ । यस गाउँपालिकामा उखुखेती, तेलहन बाली, माहुरी पालनको मुख्य तथा उपयुक्त वातावरण देखिन्छ ।
यसका अतिरिक्त आलु लगायतको तरकारी खेती, फलफुल खेतीको प्रचुर सम्भावना बोकेको छ तर वालि विविधिकरण र व्यवसायिक किसिमले खेतीपाती भने गरेको पाइदैन । गहुँ, धान, मकै, तरकारी र फलफूल लगाउने गरेका छन यहाँका कृषकहरुले । कृषी व्यवसायबाट आयआर्जन वृद्धि गर्न तालिम, उन्नत विउविजन, कृषि सामग्रीलाई परिचालन गर्न जरुरी देखिन्छ । यसका साथै कृषीजन्य उत्पादनमा आधारित घरेलु तथा लघुउद्यम व्यवसाय ग्रामीण व्यापारलाई पनि विकास र विव्स्तार गनर्ग सकिने थप सम्भावनाहरु रहेका छन । यस गाउँपालिकामा धुरा कैलपाल, उदयदेव मन्दिर, देवताल मन्दिर, नागार्जुन मन्दिर, पञ्चेश्वर मन्दिर, चारखाम चौमो मन्दिर, बालाचौमा मन्दिर, कुलाउ मन्दिर लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु रहेको छन ।
यो गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका तथा दक्षिणमा शिवनाथ गाउँपालिका रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८ हजार ७ सय ६६ रहेको छ भने कुल क्षेत्रफल १२० दशमलव ४१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका नेपाल सरकारले स्थानीय निकायलाई स्थानीय तहमा लगेसँगै साविकका पञ्चेश्वर गा.वि.स., महाकाली गा.वि.स. वडा नं. १ देखि ६ सम्म, कुलाउ गाविसको वडा नं. १ देखि ८, आम्चौरा गाविस, गिरेगाडा गाविस र रोडिदेवल गाविसको वडा नं. १, २,३,८ र ९ लाई समायोजन गरि पञ्चेश्वर गाउँपालिका घोषणा गरेको हो ।
पञ्चेश्वर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. |
नयाँ वडा |
समावेश गाविस / नगरपालिका |
जनसंख्या |
क्षेत्रफल(वर्ग कि.मी.) |
Google Map |
---|---|---|---|---|---|
१ |
१ |
पन्चेश्वर(१-९) |
३९७२ |
२५.७१ |
|
२ |
२ |
महाकाली(१-६) |
१९५४ |
८.२७ |
|
३ |
३ |
कुलाउ(१-८) |
२७७३ |
१८.६२ |
|
४ |
४ |
आम्चौरा(१-९) |
४८०२ |
२९.२२ |
|
५ |
५ |
गिरेगाडा(१-९) |
३०८९ |
२७.९६ |
|
६ |
६ |
रोडीदेवल(१-३,८,९) |
२१७६ |
१०.६४ |
|
जम्मा |
१८७६६ |
१२०.४२ |