FAQs Complain Problems

समाचार

समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड सहित साथ विधी बारे स्वास्थ्यकर्मीहरु एंव स्वयंसेविकालाई अभिमुखिकरण

20190327_अभिमुखिकरण
 20190326_अभिमुखिकरण
20190325_अभिमुखिकरण
20190328_अभिमुखिकरण

एकृकित पोषण योजना कार्यक्रम अन्तर्गत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई स्वास्थ्य संस्था स्तरमा समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड र गुणस्तरीय स्वास्थ्य ÷पोषणका लागि आफ्नै पहल (साथ) विधिको प्रक्रिया तथा फाइदाको बारेमा अभिमुखिकरण र कार्यान्वयनका विषयमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आमा समूहलाई सक्रिय बनाउने, समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड निमार्ण गर्ने, गुणस्तरीय स्वास्थ्य ÷पोषणका लागि आफ्नै पहल (साथ) विधिको प्रक्रिया र फाइदाको बारेमा जानकारी गराउने, स्वास्थ्य तथा पोषणका सूचांकहरु अभिवृद्धि गर्नको लागि अर्धवार्षिक कार्य योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड सहित साथ विधी बारे स्वास्थ्यकर्मीहरु एंव स्वयंसेविकालाई अभिमुखिकरण

यसको साथै चार वटा आमा समुहलाई छनौट गरी सामाजिक नक्साङ्कन गरी पोषण सम्बन्धी लक्षित सूचकको आधारमा सुनौला हजार दिनका घरपरिवारलाई टीकाँ लगाई पोषण स्वाथ्यमा सुधार गर्न, अर्धवार्षिक कार्ययोजना तयार पारिएको छ । आमा समूहलाई नियमित बैठक गर्न र सक्रिय बनाउन पोषण सम्बन्धी लक्षित कार्यक्रमहरुलाई आत्मसाथ गर्न उत्प्रेरणा जगाउने कार्य भएको छ । आमचौरा स्वास्थ्य चौकिमा पनि स्वास्थ्य प्राप्ताङ्क बोर्ड निमाण गरी स्वास्थ्यको हालको अवस्थाको लेखाजोखा र अगामी दिनको कार्ययोजना समेत तयार पार्ने काम सम्पन्न गरिएको छ ।

सो कार्यक्रमलाई आत्मसाथ गर्दै गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले स्वास्थ्य पोषणका लागी आकस्मिक कोष व्यवस्था गर्ने, एम्बुलेन्स सेवा सुचारु गर्ने र स्वयंसेविकालाई प्रोत्साहन स्वरुप मासिक एक हजार भत्ता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सोही कार्यक्रममा  उपाध्यक्ष विना भट्टले स्वास्थ्य÷पोषण क्षेत्रमा पालिकालाई पूर्ण खोपयुक्त कार्यर्मा निरन्तरता दिने, पूर्ण संस्थागत प्रसुति गराउने, स्वास्थ्य सम्बन्धी रहेका समस्या समाधान गर्ने र मदिरा सेवनबाट गाउँ घरमा भएको महिला तथा घरेलु हिसां र वाल विवाह न्यूनिकरण गर्न सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा विशेष जोड दिएका छन् ।

आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई सम्पुर्ण गाउँपालिका भरि संचालन गर्नमा पनि प्रतिबद्ध रहेको समेत अवगत गराउनु भएका छन । यो कार्यक्रम गाउँपालिकाको आर्थिक र स्वदेश÷सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा  सञ्चालन भएको थियो ।

आर्थिक वर्ष: